INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पीडितका आफन्तलाई  भदौ २४ गते घरबाट गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले भदौ १८ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्द पीडित पक्षले भदौ  २४ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।

पीडितकी हजुरआमाले पीडितकी आमाले चार वर्ष अगाडि दोस्रो विवाह गरी गएको राती सुतिरहेको अवस्थामा बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो