INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय विकास अधिकारीलाई कुटपिट

जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरेका छन् ।

पीडित मिश्रलाई मुढकेचुला गाउँपालिका-१ का नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३५ वर्षीय अङ्क बोहरा र सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३८ वर्षीय लालबहादुर बोहराले कुटपिट गरेको स्थानीय विकास अधिकारी मिश्रले बताए । पीडित मिश्रको टाउकोमा चोट लागेको छ ।

दुई दिन अघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले यस आर्थिक वर्षमा कति खर्च भयो भन्ने विषयमा सूचनाको माग गरेकोमा स्थानीय विकास अधिकारीले सूचना नदिएपछि कुटपिट गरेको घटनामा संलग्न लालबहादुर बोहराले बताए ।

घटनामा संलग्न नेपाल कम्युनिष्ट पार्टीका दुवै जना कार्यकर्तालाई असार २६ गते दुनै बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खडकाले बताए । जिल्लामा सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताएका छन् ।

अन्य

भिडियो