मलंगवा नगरपालिकाका केही क्षेत्रहरूमा भदौ २४ गते बिहान ८ बजेदेखि लागु हुने गरी भदौ २७ गतेसम्म चार दिनका लागि जिल्ला प्रशासन कार्यालयलले भदौ २४ गते निषेधाज्ञा आदेश जारी गरेको छ ।
मलंगवा नगरपालिका–३ स्थित नगरपालिका चौकमा भदौ २२ गते कृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा हिन्दु र मुस्लिम बीच भएको विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले भदौ २३ गते बेलुका ५ बजेदेखि भदौ २४ गते बिहान ८ बजेसम्म को लागि जारी गरेको कर्फ्यू आदेश हटाउँदै भदौ २७ गते राती १२ बजेसम्म चार दिनको लागी निषेधाज्ञा आदेश जारी गरेको छ ।
शाान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले भदौ २३ गते बेलुका ५ बजेदेखि भदौ २४ गते विहान ८ बजे सम्म स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम जारी कर्फ्यू आदेश हटाईएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनु भयो ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्य नजरगर्दै साविक पुरानो मलंगवा नगर क्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी÷बाबा पेट्रोल पम्प) भित्र कुुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम भदौ २४ गते विहान ८ बजेदेखी भदौ २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनु भयो ।
साथै प्रमुख जिल्ला अधिकारी यादवले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध सँगसाँगै सार्वजनिक स्थानहरूमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनैपनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न/नगराउन हार्दिक आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा आदेश जारी गरेको बताउनु भयो ।