INSEC Online

📅 २०८३ जेष्ठ २१

मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश

मलंगवा नगरपालिका–३ स्थित नगरपालिका चौकमा भदौ २२ गते कृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा हिन्दु र मुस्लिम बीच भएको आपसी विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले भदौ २३ गते बेलुका ५ बजेदेखि भदौ २४ गते बिहान ८ बजेसम्म को लागी कर्फ्यू  आदेश जारी गरेको छ ।

हिन्दु र मुस्लिम समुदाय बीचको विवाद तथा असमझदारी कारण मलंगवा क्षेत्र अशान्त भएको छ। भदौ २३ गते दुवै समुदाय बीचको विवाद समाधान एवम् धार्मिक सद्भाव, सांस्कृतिक सद्भाव, जातीय सद्भाव कायम गरी शान्ति सुरक्षा कायम गर्न सर्वदलीया तथा सर्वपक्षीय समन्वय बैठक बसी पाँच बुँदे सहमती भएको थियो । तर, सर्वदलीया तथा सर्वपक्षीय अपिल गर्दा पनि सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारनको सुरक्षामा पर्न सक्ने सम्भावीत जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको पुरानो मलंगवा नगर क्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्प) भित्र भदाै २३ गते बेलुका ५ बजे देखी भादो २४ गते विहान ८ बजे सम्ममा कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिड्डुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू  आदेश जारी गरिएको र यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यक्ता अनुसार बल प्रयोग गरी कानुन अनुसार कारबाही समेत गर्न सक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

375198658_681652860196799_7545070190725143703_n375205644_276528188497781_286340551653369753_n375205813_3565385223736757_7749842935570704606_n

अन्य

भिडियो