INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

लोहरपट्टी नगरपालिका–६ की २८ वर्षीया सरस्वती भण्डारीलाई साउन ५ गते ३० वर्षीय पति रमेश भण्डारी, ५९ वर्षीया सासू सुन्दर देवी भण्डारी र २० वर्षीय देवर रोशन भण्डारीले कुटपिट गरी घरबाट निकाली घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयकाे बालबालिका तथा महिला सेलमा भदौ २२ गते उजुरी दिनु भयो ।

पीडितले न्यायका लागि पहल तथा सहयोग गरिदिनुहुन भनि भदौ २० गते इन्सेकका घनुषा जिल्ला प्रतिनिधिलाई निवेदन समेत दिनु भएकाे थियाे । पीडितले इन्सेकका घनुषा जिल्ला प्रतिनिधिकाे पहल तथा सहयाेगमा आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयकाे बालबालिका तथा महिला सेलमा उजुरी दिनु भयाे ।

पीडितलाई आरोपितहरूले यस अघि पनि जेठ २ गते कुटपिट गरेका थिए र कुटपिटबाट घाइते भएकी पीडितको उपचार जेठ २ गतेदेखी ११ गतेसम्म प्रादेशिक अस्पताल जनकपुरधाममा भएको पीडितका ५४ वर्षीय बुबा जनकपुरधाम उपमहानगरपालिका–८ का गोपी भण्डारीले बताउनु भयो । पीडितले घरको रासन तथा चामल दाल सकिएको जानकारी आफ्ना पति, सासू तथा परिवारका सदस्यहरूलाई गराउँदा तिनीहरूले “तेरो माइतबाट लिएर आइज” भन्नुको साथै कुटपिट तथा गालीगलौज गरी घरेलु हिंसा गरेको उहाँले बताउनु भयो ।

घटना पश्चात आरोपित रमेश भण्डारी फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका असई भरत ठाकुरले जानकारी दिनु भयो ।

अन्य

भिडियो