१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–२ शंकरनगरका ५४ वर्षीय गणेश न्यौपानेलाई भदौ २० गते घटनास्थल नजिकबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २१ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
पीडित बालिकाका अनुसार घरमा कोही नभएको बेला आरोपितले भदौ १६ गते साइकलमा राखेर तिनाउ खोलाको झाडीमा लगेर बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका, डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।