१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले तानसेन नगरपालिका– ११ प्रभासका २० वर्षीय प्रेमबहादुर सुनारलाई भदौ १९ गते १८ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई १८ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवबहादुर थापाले बताउनु भयो ।
पीडितलाई आरोपितले २०७८ असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कात्तिक १ गते घरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते पाल्पा अस्पतालमा गरिएको थियो ।