३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका-२ का ३१ वर्षीय राजेश तामाङलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार घरबाटै गरिएको इन्स्पेक्टर सुवास खनालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २१ गते गरिएको छ ।