INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकारकर्मी स्व. टेकनाथ बरालको निधनमा इन्सेकका अध्यक्षद्वारा श्रद्धान्जली व्यक्त

मानवअधिकार तथा सामाजिक न्यायका सवालमा निरन्तर क्रियाशील मानवअधिकारकर्मी स्व. टेकनाथ बरालको निधनको १० औँ दिनको पुण्य तिथिमा उहाँका परिवाजनलाई भेटि भदौ २१ गते इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालको नेतृत्वमा इन्सेक गण्डकी प्रदेश कार्यालयको टिम सहितले दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरिएको छ ।

डा. कुन्दन अर्यालले स्व. बरालले मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेर इन्सेक संगको सहकार्यमा सहयोग गर्दै आउनुभएको र उहाँले देखाएको बाटो सबैले अनुशरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष डा. अर्यालले मानवअधिकारको क्षेत्रमा स्व. बरालले पुर्‍याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुने उल्लेख गर्नु भएको छ ।

इन्सेकका साधारण सदस्य एवम् इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा  इन्सेकद्वारा पुरस्कृत बरालको निधनले मानव अधिकारको क्षेत्रमा अपुरणीय क्षति भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ ।

यसै क्रममा डा. अर्यालले मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव शम्भुप्रसाद रेग्मी संग भेटगरि पोखरामा मानवअधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी कार्यक्रम इन्सेक संगको सहकार्यमा सञ्चालन गर्न लागिएको प्रति खुशी व्यक्त गर्नुभयो । साथै उहाँले इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्ने क्रममा सरकार संग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

सचिव शम्भु प्रसाद रेग्मीले मानवअधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना पहिलाे चरणमा  सञ्चालन गरिने  कार्यक्रम पेश गर्न इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेललाई आग्रह गर्नुभयो ।

Photo 5

अन्य

भिडियो