अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ घर भई सोही ठाउँमा रहेको सगरमाथा विद्यालयका शिक्षक ४२ वर्षीय हरिबहादुर सार्कीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १५ गते आफ्नै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १७ गते भरतपुर अस्पतालमा भयो ।