INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको छ ।

पीडित बिकलाई थापाले धवलागिरी गाउँपालिका–७ कुरेपानीमा रहेको बराहथानमा ०८० भदौ १४ गते जनै पूर्णिमाको दिन भएको पुजाको क्रममा तल्लो जात भन्दै कुटपिट गर्नुका साथै गालिगलौज गरेर जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर कुमार गुरुङले जानकारी दिनुभयो ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन –२०६८ को दफा ३ बमोजिम जातिय आधारमा भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर गरी हातपात गरेकोले सोही ऐनको दफा ७ बमोजिम कारबाहीको माग गर्दै बिकले निवेदन दिनुभएको हो ।

अन्य

भिडियो