INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई गिरफ्तार गरेको छ । 

पीडित बालिकालाई आरोपितले ०८० भदौ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १२ गते इलाका प्रहरी कार्यालय, बेलवारीमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि भदौ १२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताउनु भयो।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते कोसी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो