INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोप लगाइएको घटनाका आरोपित गिरफ्तार

भगवतीमाई गाउँपालिका–५ घरभई हाल खाँडाचक्र नपा–१ निवासी २५ वर्षीया गिता जैसी शाहीलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा उनका ३१ वर्षीय पति दानबहादुर शाहीलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ ।

पीडितले कथित बोक्सीको आरोप लगाएको भन्दै भदौ १० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले जिल्ला सदरमुकाम मान्मस्थित घरबाट गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपितले सामाजिक सञ्जाल म्यासेन्जरमार्फत कथित बोक्सी लागेर आफ्नी जेठी पत्नीलाई मार्न लागेको आरोप लगाउनुका साथै गाली बेइज्जत, मार्ने धम्कीसमेत दिएको पीडितले आरोप लगाउनु भएको थियो ।

आरोपितलाई कानूनी प्रकृया अनुसार गिरफ्तार गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुवराज बमले बताउनु भयो ।

एक वर्षदेखि पतिले घर निकाला गरेपछि जिल्ला सदरमुकाम मान्ममा विस्थापित अवस्थामा रहेकी पीडित कानूनी प्रक्रियामा जान समस्या भइरहेको भन्दै सहयोगका लागि इन्सेकलाई अनुरोध गर्नु भएको छ ।

अन्य

भिडियो