INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–७ का ५१ वर्षीय झुलबहादुर थापालाई ०८० भदौ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक थापाले २०८० साउन ३१ गते बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनापछि फरार आरोपित थापालाई प्रहरीले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिनु भयो ।

उक्त बलात्कारको घटना सार्वजनिक भएपछि मिलापत्रकोलागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते दमौली अस्पतालमा भएको थियो ।

अन्य

भिडियो