भगवतीमाई गाउँपालिका–५ घरभइ हाल खाँडाचक्र नगरपालिका–१ निवासी २५ वर्षीया गिता जैसिलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा पति ३१ वर्षीय दानबहादुर शाहीविरूद्ध पीडितले भदौ १० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको छ ।
पीडित महिलालाई आरोपितले सामाजिक सञ्जाल म्यासेन्जर मार्फत कथित बोक्सी लागेर आफ्नी जेठी पत्नीलाई मार्न लागेको आरोप लगाउनुका साथै गाली बेइज्जत,मार्ने धम्कीसमेत दिएको पीडितले आरोप लगाउनु भएको छ ।
घटना सम्बन्धमा उजुरी दर्ता भएको छ । आरोपितलाई कानुनी प्रकृया अनुसार कारबाही छिट्टै अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुवराज बमले बताउनुभयो ।
एक वर्षदेखि पतिले घर निकाला गरेपछि जिल्ला सदरमुकाम मान्ममा विस्थापित अवस्थामा रहेकी पीडित कानुनी प्रक्रियामा जान समस्या भइरहेको भन्दै सहयोगका लागि इन्सेकलाई अनुरोध गर्नु भएको छ ।