INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की घटनाका आरोपित विरुद्ध उजुरी

कविलासी नगरपालिका–१० सलेमपुरकी ३१ वर्षीया रिता देवी यादवले आफूलाई दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिएको भन्दै मलङ्गवा नगरपालिका–११ का ३८ वर्षीय दिनेश राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० भादो ७ गते उजुरी दिएकी छिन् ।

आरोपितले पीडितलाई साउन २८ गते दुर्व्यवहार गर्नुको साथै भदौ २ गते कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको पीडितको आरोप रहेको छ । पीडित महिलाको स्वास्थ्य उपचार तथा घाउ जाँच भदौ ७ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेश राज सुवेदीले जानकारी दिनु भयो ।

अन्य

भिडियो