१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै १७ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ७ गते ६ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिनु पर्ने समेत फैसला भएको हो ।
आरोपितले बालिकालाई ०७८ असार २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २८ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २८ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई असार २८ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित साउन १९ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।