INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिकाका-३ का २८ वर्षीय शिवजी कुसुलेलाई प्रहरीले ०८० भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते ललाइ फकाइ गाडीभित्र लगि बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।

प्रहरीले जिल्ला अदालतबाट भदौ ६ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको इन्स्पेकटर सिग्देलले बताउनु भयो ।

अन्य

भिडियो