INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा आठ वर्ष कैद

१९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरको गंगापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरलाई भदौ ६ गते आठ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले आरोपितलाई कसुर ठहर गर्दै आठ वर्ष कैद सजायका साथै साढे १ लाख रुपियाँ क्षतिपूर्ति तिर्न र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार ३ सय रुपियाँ जम्मा गर्न अन्तिम आदेश सुनाएको छ ।

एक्लै देखि मौका छोपी आरोपितले नियन्त्रणमा लिई ललाईफकाई करकापमा पारी २०७७ साउन २३ गते उस्मान मियाँको आँपको बगैचामा बलात्कार गरेको पीडितको आरोप छ । आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७७ कात्तिक २६ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७७ कात्तिक २६ गते स्वास्थ्य परीक्षण भयो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले कात्तिक २६ गते उजुरी दर्ता गर्‍यो । जिल्ला अदालतले ०७७ मङ्सिर २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

आरोपित गिरफ्तार नभए पछि जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासबाट ०७९ मङ्सिर २१ गते मुद्दा मुल्तबीमा राख्ने फैसला भएको थियो । मुल्तबीबाट ०८० जेठ २५ गते जागेर पुनः दर्ता भएको मुद्दामा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो