INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-४ की ३५ वर्षीया सीता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति दीपने लिम्बूलाई गिरफ्तार गरेको छ ।

इटहरी उपमहानगरपालिका-४ स्थित टेङग्रा खोलामा सीताको शङ्कास्पद अवस्थामा साउन ३२ गते शव फेला परेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडित पक्षले ०८० साउन ३२ गते प्रहरीमा दिएको किटानी उजुरीका आधारमा आरोपितलाई साउन ३२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा, मादी नगरपालिका-४ स्थायी घर भइ इटहरीमा बस्दै आउनु भएकी दिदीको साउन ३२ गते टेङग्रा खोलामा शङ्कास्पद अवस्थामा शव भेटिएपछि मृतकका २७ वर्षीय भाई धनबहादुर लिम्बूले इलाका प्रहरी कार्यालय, इटहरीमा किटानी उजुरी दिएको डिएसपी माधव काफ्लेले बताउनु भयो ।

हत्या गरेको माइती पक्षले किटानी उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको डिएसपी काफ्लेले बताउनु भयो ।

दिदीलाई आरोपितले साउन २९ गते कुटपिट गरेको र साउन ३२ गते निलडामसहितको शव फेला परेपछि हत्या आरोपमा प्रहरीमा किटानी उजुरी दिएको मृतकका भाई धनबहादुर लिम्बूले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ १ गते गरिएको छ ।

पीडित पक्षले शव बुझेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो