ब्रहमपुरी गाउँपालिका–६ का ५२ वर्षीय रामाशिस महराका १६ वर्षीय छोरा विवेक कुमार रामलाई जातीय विभेद गरेको आरोपमा सोही वडा का ५६ वर्षीय धरखन साह तेलीको ३२ वर्षीय छोरा प्रमोद साह तेलीविरुद्ध पीडितका बुबाले जिल्ला प्रहरी कार्यलय मलङ्गवामा साउन ३० गते उजुरी दिनु भयो ।
आरोपित साहले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै पीडितको बुबाले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मङ्गवामा साउन ३० गते उजुरी दिनु भयो । तर, प्रहरीले साउन ३१ गते मात्र उजुरी दर्ता गर्यो उहाँले बताउनु भयो ।
ब्रहमपुरी गाउँपालिका–६ स्थित पिपरा गाउँमा आरोपितको बुबाले सञ्चालन गरेको मोटरसाईकल ग्यारेजमा सरसफाइको काम गरिरहरेको पीडितलाई ०८० साउन १८ गते आरोपितले ग्यारेज नजिकै सुरेन्द्र महतो सुडीको किराना पसलमा बोलाई “तँ यहाँ तल बस, तँ चमार, दलित बढ्ता हुन्छस” भनी जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहार गर्नुका साथै घाटी समाती कुटपिट समेत गरेको पीडितको बुबाले भन्नु भयो । तर, आरोपितका अनुसार पीडितलाई कुटपिट नगरेको, आफूसँग अलि टाढा भएर काम गर मात्र भनेको हो, अरु केही नभएको।
पीडितको घाउजाँच जिल्ला अस्पताल मलङ्गवामा साउन ३० गते भयो र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।