INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले रुपन्देही जिल्ला सिक्टल-९ का ३८ वर्षीय मिलन परियारलाई ११ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश सुवासबाबु पुरीको इजलासले असार १५ गते उक्त फैसला गरिएको हो । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते उजुरी दिइएको थियो ।

प्रहरीले परियारलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण १६ गते भरतपुर अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अन्य

भिडियो