INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२९ का ३१ वर्षीय नविन प्रजालाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते भरतपुर अस्पतालमा भयो ।

अन्य

भिडियो