११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२७ का ४३ वर्षीय विकास मगरलाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते भरतपुर अस्पतालमा भयो ।