INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालबाट रिफर भएका बिरामी मर्कामा, बिरामीको ज्यान उच्च जोखिममा

गत दुई हप्तादेखि नियमित रुपमा हवाई उडान नभरेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामी मर्कामा परेका छन् । गाउँबाट उपचारका लागि जिल्ला अस्पतालमा पुगे पनि अस्पतालमा पर्याप्त स्रोतसाधन नभएका कारण बिरामीलाई जिल्ला बाहिर रिफर गरिएको हो ।

अस्पतालमा भर्ना भइ विभिन्न रोगबाट थला परेका बिरामीहरु हवाई सञ्चालन नभएकै कारण यतिखेर ज्यान उच्च जोखिममा पारेर सदरमुकाम सिमकोटमै थन्कीनु परेको छ । गत एक हप्तादेखि जिल्ला अस्पतालले रिफर गरेपनि हुम्लामा हवाई उडान नहुँदा बिरामीहरु मर्कामा परेका हुन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणले साउन १२ गतेदेखि साढे १२ बजेपछि हवाई उडान सन्चालनमा रोक लगाएपछि बिरामी संकटमा परेको बिरामीका आफन्त अमर बोहराले गुनासो गर्नुभयो । जिल्ला अस्पतालबाट रिफर भएका तीन जना बिरामीलाई अहिले पनि जिल्ला बाहिर उद्धार गर्न सकिएको छैन ।

हाल जिल्ला अस्पतालबाट रिफर भएका तीन जना मध्ये रामसरा शाही घाँटीको इन्फेक्सन, बक्ति बोहरा दमका कारण फोक्सोमा र पेटमा पानी भरेको समस्या छ भने राममाया जैसी पेट दुख्ने समस्याबाट ग्रसित भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयाे ।

हवाई सन्चालन हुन नसक्दा बिरामीले ज्यान जोखिम राखेर अस्पतालमै बस्नु परेको समस्या छ । अस्पतालबाट रिफर गरिएका सबै बिरामीलाई तत्काल सुविधा सम्पन्न हस्पिटलमा उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयमा साउन २९ गते अनुरोध गरेको उहाँकाे भनाइ छ ।

जिल्ला प्र्शासन कार्यालयले पनि ति बिरामीको सकुसल उद्धारका लागि साउन २९ गते नै नेपाल नागरिक उड्यन कार्यालयलाई परिपत्र गरि सकेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनु भयो । हुम्लामा मौसम सफा नभएका कारण हवाई उडान हुन नसकेको हो । बिरामीको जिल्ला बाहिर उद्धारका प्रयास गरिरहेको उहाँले बताउनु भयो

अन्य

भिडियो