१९ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–५ का २२ वर्षीय सन्जय घर्तीमगर विरुद्ध पीडितले ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनु भएको छ ।
पीडितले दिएको उजुरीका आधारमा बेचबिखन तथा ओसारपसार प्रयास र बलात्कार शिर्षकमा मुद्दा दर्ता गरिएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
विवाह गरेर भारतमा नोकरी गर्ने प्रलोभनमा पारी साउन २५ गते धनगढी पुगाएको र साउन २८ गतेदेखि आरोपित सम्पर्क विहिन भएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा साउन ३१ गते उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।