INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का २९ वर्षीय सागर चौधरीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभनमा पारी साउन १७ गते बलात्कार गरेकोले आरोपित विरुद्ध साउन २९  गते जिल्ला प्रहरी कार्यलय, कैलालीमा उजुरी दर्ता गरेको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई धनगढीबाट गिरफ्तार गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो