१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट –७ का ३२ वर्षीय प्रवल टमटालाई साउन २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई साउन २७ गते घरमा बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपित विरूद्ध साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुबराज बमले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।