INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

रुपनी गापा-२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल, उनका भाइ ३२ वर्षीय चन्द्रशेखर मण्डल र ३५ वर्षीय धर्मदेव मण्डलविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आरोपित शिव र चन्द्रशेखरका बुवा रामप्रसाद मण्डललाई कथित बोक्सी लगाई बिरामी पारेको भन्दै असार ५ गते साँझ आरोपितहरूले कपाल समातेर घिसार्दै आगो लगाई जलाउने प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिएकी थिइन् ।

आरोपितहरूले कुटिरहेको दृष्य मोबाइलबाट खिचिरहेकी पीडितकी १८ वर्षीया छोरी सरीता साहलाई समेत कुटपिट गर्दै मोबाइल खोसेको पीडितले बताइन् ।

पीडितहरूको उपचार रुपनी गाउँपालिका-१ स्थित युनिक अस्पताल र राजविराज नपा-४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भयो । आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो