१४ वर्षीया बालिकालाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वलीलाई साउन ११ गते गिरफ्तार गर्यो ।
बालिकालाई आरोपितले साउन ९ गते मकै बारीमा लगेर बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थाल्यो ।
बलात्कार र यौन हिंसाको यो प्रतिनिधि मुलक घटना हो । सरकारी र गैर सरकारी निकायले महिला र बालिका माथि हुने यौन हिंसाका घटनामा सचेतीकरण र न्यूनिकरणका विषयमा विभिन्न अभियानहरू सञ्चालन गरेका भए पनि जिल्लामा हुने यौन हिंसाका घटनाहरू न्यूनिकरण भएको पाइदैन ।
दाङ जिल्लामा चार वर्षको अवधिमा यौन हिंसाबाट ५ सय ८५ जना महिला तथा बालिका पीडित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार वर्षको अवधिमा यौन हिंसाबाट ५ सय ८५ जना महिला तथा बालिका पीडित भएका हुन् ।
तथ्याङ्क अनुसार बिगत चार आर्थिक वर्षमा १८ वर्ष भन्दा मुनिका १ सय ८५ बालिका पीडित भएका छन् भने १९ वर्षदेखि ३० वर्षसम्मका ६१ महिला, ३१ देखि ५० वर्षसम्मका ४४ महिला र ५१ वर्षमाथिका २ सय ९५ महिला पीडित भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार आर्थिक वर्ष २०७६ /७७ मा यौन हिंसाका ४४ मुद्दा दर्ता भएकोमा १८ वर्षमुनिका २८ जना रहेका छन् । त्यस्तै १९ देखि ३० वर्षसम्मका नौ जना, ३१ देखि ५० सम्मका ६ जना र ५१ देखि ७० सम्मका एकजना पीडित रहेको देखिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, आर्थिक वर्ष २०७७ /७८ मा ८१ मुद्दा दर्ता भएका छन् । जसमा ५५ जना १८ वर्षमुनिका पीडित रहेका छन् । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या २१ रहेको छ । ३१ देखि ५० वर्षसम्मका आठ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका एक जना पीडित भएका छन् ।
आ व २०७८ /७९ मा ८३ मुद्दा दर्ता भएकोमा १८ वर्ष मुनिका ५० जना रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या १२ रहेको छ । ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका तीन जना पीडित भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, ०७९ /८० मा ५२ मुद्दा दर्ता भएकोमा १८ वर्ष मुनिका ५२ जना, १९ वर्षदेखि ३० वर्षसम्मका ५२ जना र ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएक छन् ।
उक्त अवधिमा भएका घटनामा सङ्लग्न २ सय ३२ जना आरोपित गिरफ्तार भएका छन् । जसमा १८ वर्षसम्मका ५१ जना, १९ देखि ३० वर्षसम्मका १ सय ७० जना , ३१ देखि ५० वर्षसम्मका ८७ जना र ५१ देखि ५० वर्षसम्मका २७ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।