१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–२ का ३० वर्षीय आफन्तलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।
पीडित बालिकाका बुबाका अनुसार आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक साउन १३ गते बलात्कार गरेको विषयमा आफूहरूले जानकारी पाएपछि उजुरी दिएको बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।