१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला, मेन्छयायेम गाउँपालिका–३ मोरहाङका २५ वर्षीय अनिल खापुङ भनिने अनिल लिम्बूलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालिस्टार सिंहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २० गते गरिएको छ ।