२८ वर्षीया महिलालाई आठराई गाउँपालिका–१ का २९ वर्षीय पवन दाहालले बलात्कार गरेको भनि परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७९ साउन २८ गते दर्ता भएको सो मुद्दा न्यायाधीश प्रमेश पोखरेलको ०८० साउन १८ गते इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो ।
पीडित महिलालाई आरोपितले ०७९ साउन २८ बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीलगत्तै फरार भएका आरोपित पवन दाहाल ०८० साउन १८ गते सम्म गिरफ्तारीमा नपरेपछि मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार पारसमणि पोखरेल बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन २८ गते गरिएको थियो ।