INSEC Online

📅 २०८३ जेष्ठ २१

धम्की दिएको आरोपमा आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका–५ घर भइ सोही गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सुशिला रोकायालाई धम्की दिएको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–१ जैर घर भइ हाल सिमकोट गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव ४६ वर्षीय अर्जुन कार्कीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा साउन १९ गते आर्थिक वर्ष २०७९।०८० को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गोष्ठी सञ्चालनका क्रममा मदिरा सेवन गरी कार्कीले उपाध्यक्ष रोकाया माथि अपशब्द र धम्कीपूर्ण भाषा बोलेको पीडित रोकायाले बताउनु भयो ।

पीडितले आरोपित विरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनु भयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनु भयो ।

अन्य

भिडियो