INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक माथि हातपात गरेको आरोपमा आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका– १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १७ गते शारदा नगरपालिका– १ श्रीनगरमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै पीडितले साउन १८ जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनुभयो ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको इन्स्पेक्टर खनालले बताउनु भयो ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणा पत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकको रुपमा परिभाषित गरेको छ ।

अन्य

भिडियो