INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–१ का २० वर्षीय मनाेज शाशंखरलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० साउन १५ गते बलात्कार गरेको आरोपमा पीडितकी दिदिले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय प्रहरी रामपुरका इन्स्पेक्टर सुवास खनालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १७ गते गरिएको छ ।

अन्य

भिडियो