INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ र १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ८ पाँडेखरकका २२ वर्षीय बिशाल ठडराईलाई साउन १७ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले साउन १७ गते बलात्कार र बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण साउन १७ गते, पाल्पा अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो