INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि वेड अभाव, प्यासेजमा राखेर उपचार

मौसमी रूघाखोकी, आँखा पाक्ने समस्या, टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ ।

Photo 20230802 Shangkhuwasabha
वेड अभाव भएपछि जिल्ला अस्पतालको प्यासेजमा राखेर उपचार गरिँदै

वेड अभाव भएसँगै बिरामीलाई अस्पतालको प्यासेजमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

भाइरल ज्वरोका बिरामीले अस्पताल ०८० साउनको पहिलो सातादेखि भरिएको छ ।

भाइरल ज्वरोले बिरामीको चाप बढेपछि वेड अभाव हुँदा बिरामीलाई प्यासेज र हलमा राखेर उपचार गर्न थालिएको छ ।

समयमा अस्पताल भवन निर्माण सम्पन्न नहुँदा २०३३ सालमा स्थापना भएको पुरानो भवनमा जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ ।

भाइरल ज्वरोका बिरामी अत्याधिक वृद्धि भएपछि वेड अपुग भएर बाहिर प्यासेजमा समेत राखेर उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले जिल्ला अस्पतलमा आउने अधिकांश बिरामी भाइरल ज्वरोका रहेको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।

सूचना अधिकारी खत्रीका अनुसार ०८० जेठ महिनायता साउनको दोस्रो सातासम्मको अवधिमा डेङ्गीका ८० जना र ३ सय जना भाइरल ज्वरोका बिरामी भेटिएको अस्पतालका मेडिकल अधिकृत प्रतिक सिलवालले बताउनु भयो ।

जिल्ला अस्पतालमा दैनिक २ सय बढी बिरामीहरू आउने गरेको अस्पतालको दैनिक बिरामी अभिलेखमा उल्लेख छ ।

अस्पतालमा भर्ना गर्नु, नपर्ने प्रकृतिका बिरामीहरूलाई औषधि दिएर घर पठाउने गरिए पनि भाइरल ज्वरोका बिरामीलाई भने वेडमा नै राखेर उपचार गर्नु परेका कारण अस्पतालमा वेड अभाव मेडिकल अधिकृत सिलवालले बताउनु भयो ।

५० वेड क्षमताको अस्पताल ठेक्का लागेको ५ वर्ष वित्दा समेत निर्माण सम्पन्न नभएपछि  पुरानै भवनमा भएको १५ वेडमा मात्र सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

भाइरल ज्वरोले जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढी छ ।

भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता समस्या हुने चिकित्सकको भनाइ छ ।

Photo 20230802 Sangkhuwasabha 2

अन्य

भिडियो