१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– ७ का २२ वर्षीय सागर शर्मालाई प्रहरीले २०८० साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० साउन १२ गते बलात्कार गरको भन्दै पीडित पक्षले साउन १३ गते दिएको उजुरीका आधारमा प्रहरीले शर्मालाई बेनीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर किरण लामाले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १४ गते बेनी अस्पतालमा गरिएकोे छ ।
अरोपितलाई जिल्ला अदालत म्याग्दीबाट २०८० साउन १४ गते ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।