१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय काकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन १४ गते उजुरी दर्ता भएको छ ।
बुबाले आमाको हत्या गरेपछि जेलमा बुबा रहेको र काकाको संरक्षणमा चार वर्षदेखि बस्दै आउँदा आफूलाई पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएको पीडित बालिकाले जानकारी दिनुभयो ।
उहाँको अनुसार आरोपितले पछिल्लो पटक साउन १ गते घरमै बलात्कार गरेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते धादिङ अस्पतालमा भयो । पीडितलाई मावली पक्षको सहयोगमा धादिङबेसीबाट सोही दिन उद्धार गरिएको थियो ।
प्रहरीले आरोपितलाई साउन १३ गते गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।