बोल्न नसक्ने अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले साउन १२ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई नियन्त्रणमा लिई आरोपितले साउन १० बलात्कार गरेको भन्दै पीडितका बुबाले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ११ गते स्वास्थ्य परीक्षण भएको छ ।
घटनापछि आरोपित फरार रहेको र खोजविन भइरहेको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध साउन १२ गते पक्राउ अनुमति पत्र जारी भएको छ ।