INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचितबाट युवकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका-१०, इनर्वाका १९ वर्षीय तीर्थनारायण मण्डलको तिलाठी कोइलाडी गाउँपालिका-७, मन्सापुर टोलमा अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा साउन १२ गते शव फेला परेको छ ।

साउन १२ गते विहान हत्या गरिएको अवस्थामा मण्डलको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकका काका ललन मण्डलले १७ वर्षीया एक बालिकासँग प्रेम सम्बन्ध रहेको कारण हत्या भएको हुन सक्ने आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन् ।

हत्यामा संलग्न रहेकाको खोजीका लागि प्रहरीले धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा रहेको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई मगाएर अनुसन्धान गरिएको इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो । उक्त घटनामा ज्यान जोगाउन भागेका हनुमाननगर कंकालिनी नगरपालिका-१०, इनर्वाकै २० वर्षीय अजय मण्डल गम्भीर घाइते भएका छन् ।

शवको पोष्टमार्टम सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । घटना सम्बन्धमा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो