INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिका –९ का २४ वर्षीय आशिष सुनारलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ५ र ९ गते बलात्कार गरेको र बलात्कारको समयको भिडियो बनाएर  सार्बजनिक गरीदिने भनेर मानसिक यातना दिएको  भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो