INSEC Online

📅 २०८३ जेष्ठ २१

लम्पी स्किन रोगबाट पुगेको क्षतिपुर्तिको माग गर्दै किसानहरुद्वारा विरोध प्रर्दशन

पोखराका किसानहरुले विश्व महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले गाईभैंसीलाई आक्रान्त पार्दा पनि सरकार मौन रहेको भन्दै पोखराको पृथ्वीचोकमा साउन १२ गते विरोध प्रदर्शन गरेका छन् ।

‘किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापनासहितको प्याकेज’, ‘रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गरियोस्’, ‘किसानलाई पेन्सनको व्यवस्था गर’ जस्ता नारा लगाउँदै पृथ्वीचोकमा विरोध प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोबरधन गौलीले बताउनुभयो ।

‘देशमा फौलिएको लम्पी स्किन रोगले विश्व नै आक्रान्त पार्दा हामी अछुतो छैनौं । यत्रो महामारी हुँदा पनि सरकारले किसानलाई राहत दिनुपर्नेमा बेवास्था कारण हामीहरु आन्दोलन गर्न बाध्य भयौं,’ अध्यक्ष गौलीले भन्नुभयो, ‘सरकारलाई यो रोगलाई महामारीको रुपमा समावेश गर्न अनुरोध गरेका छौैं तर, सरकारले व्यवस्था गरेको छैन’ उहाँले बताउनुभयो ।

गाईभैसी मरेर पीडित भएका किसानलाई बिमा रकम दिन पनि झमेला गरिएको र बारम्बार बहानाबाजी गरिएको अध्यक्ष गौलीले बताउनुभयो ।

‘बिमा कम्पनीलाई किन पैसा नदिएको भन्दा बिमा कम्पनीले सरकारले हामीलाई ८० प्रतिशत पैसा नदिएको भन्दै आलटाल गरेको  गौलीले बताउनुभयो ।’ उहाँले ‘मरेका गाईभैसीको बिमा दाबी गर्न सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो ।’

गौलीले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्ने घोषणा गर्नुभयो । आफूहरुले राखेको मागलाई तीनै तहका सरकारले गम्भीर भएर सोच्न उहाँको अनुरोध छ ।

‘मरेका पशुहरुको बिमा भुक्तानी तत्काल गरियोस्’, ‘रसायनियक मलको सहज आपूर्तिको व्यवस्था गर, ‘सरकारद्वारा सञ्चालित सम्पूर्ण बजारहरुका सटर तथा स्टलहरु खुल्ला प्रतिष्पर्धाद्धारा भाडामा दिने व्यवस्था गरियोस् जस्ता माग राख्दै किसानहरुले विरोध प्रर्दशन गरेका हुन् ।

kesan mag (2)

अन्य

भिडियो