INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

कोशी प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दावी पेश गर्न साउन १२ गते आह्वान गरेको छ ।

photo 20230728 morang

प्रदेश प्रमुख परशुराम खापुङले ०८० साउन १२ गते सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दावी पेश गर्न आह्वान गर्नु भएको छ ।

सर्वोच्च अदालतले असार ११ गते कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि औपचारिक आह्वान गरेको सूचनामा उल्लेख छ ।

सूचनामा सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको छ ।

अन्य

भिडियो