INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका-२ का २५ वर्षीय गणेश लामालाई ०८० साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भण्डरामा साउन ६ गते उजुरी दिएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते भरतपुर अस्पतालमा भयो ।

अन्य

भिडियो