INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी घटनाको इन्सेक टोलीद्वारा अनुगमन

received_265241642790381

वीरगंज महानगरपालिका—२४ की ७० वर्षीया पार्वतीया देवी अहिरिनलाई बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय काशी राउत अहिर र उनका २५ वर्षीय छोरा ब्रजेश यादवले कुटपिट गरेको भनिएको घटनाको इन्सेक टोलीले साउन ४ गते स्थलगत अध्ययन गरेको छ ।

स्थलगत अध्ययनका क्रममा बोक्सी घटनाका पीडित पार्वतीया देवीले घरमा कोही नभएको मौका छोपि गोठ घरबाट घर जाँदै गर्दा आरोपितहरूले बाटोमा एक्कासी बोक्सी आरोप लगाउदै मुका र लातीले कुटपिट गरेको स्थालगत अध्ययनका लागि गएको इन्सेक टोलीलाई बताउनु भयो ।

कुटपिट गर्ने आरोपित काशीको ४८ वर्षीया पत्नी दुर्गा देवी विरामी भइरहने र आफूलाई बोक्सी लगाएको भन्दै विगत केहि दिनदेखि गालीगलौच समेत गर्दै आएको पार्वतीय देवीले दुःखेसो पोखिन् । हजुर आमालाई किन कुटपिट गरेको भन्न असार २७ गते जाँदा २० वर्षीय नाति विवेक यादवलाई समेत आरोपितहरूले कुटपिट गरी दाहिन हात भाँचिदिएको पीडित पक्षको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिपक गिरीले पीडित पक्षबाट निवेदन आएपछि घटनाको स्थलगत अध्ययन गर्दा बोक्सीको आरोपमै कुटपिट गरेको भनेर नखुलेकोले ज्येष्ठ नागरिक महिलामाथि पुरुषले हातपात गरेकोले आरोपित काशी राउत अहिर र उनको छोरा ब्रजेश यादवविरुद्ध अभद्र व्यवहारमा उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्सेक टोलीलाई बताउनु भयो ।

पीडित पक्षले काशी राउत अहिर, उनका छोरा ब्रजेश यादव, ४८ वर्षीय दुर्गा राउत अहिर, ६८ वर्षीय जोगेन्द्र राउत अहिर, ३५ वर्षीय अनुप प्रसाद यादव र २२ वर्षीय अमित यादवलगायतका छिमेकीहरू विरुद्ध उजुरी दिएपनि घटनाको स्थलागत अध्ययन पछि आरोपितहरू मध्ये काशी र उनको छोरा ब्रजेश यादव विरुद्ध अभद्र व्यवहारमा उजुरी दर्ता गरिएको डिएसपी गिरीको भनाई थियो । आरोपित पक्षबाट पनि फोहर फाल्ने विषयमा झैझगडा भएको भनि उजुरी परेको उहाँले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र की प्रमुख तथा इन्स्पेक्टर मनिषा लाउन्ड्रीले बोक्सी आरोपमा उजुरी आएपछि असइको नेतृत्वमा घटनाको सत्य तथ्यका लागि स्थलगत अध्ययन गर्न पठाएको तर बोक्सीकै आरोपमा कुटपिट नभएको देखिएकोले जिल्ला प्रहरी कार्यालयका डिएसपी गिरीको अनुसार अभद्रमा उजुरी दर्ता गरी अनुसन्धान कार्य आगाडि बढाइएको बताउनु भयो । आरोपित काशी राउत अहिरले फोहोर फाल्ने विषयमा महिला बिच झगडा भएको र आफूहरूले बोक्सीको आरोपमा कुटपिट नगरेको इन्सेक टोलीलाई बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार बहस तथा पैरवी कार्यक्रम संयोजक सम्झा श्रेष्ठ, मधेस प्रदेश संयोजक राजु पासवान र इन्सेकका पूर्व बारा प्रतिनिधि भोलानाथ पौडेलको टोलीले घटनाको स्थलगत अनुगमन गर्नु भएको छ ।

अन्य

भिडियो