INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको आरोपमा आरोपित गिरफ्तार

गुठीचौर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गरेको आरोपमा सोही गाउँपालिका – ५ का ३७ वर्षीय केसी भण्डारीलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।

आरोपितले असार ३१ गते गुठीचौर गाउँपालिकाको प्राङ्गण भन्दा बाहिर रहेको हिमाली होटल अगाडिको मुल सडकमा जातीय विभेद गरेको पीडितको आरोप छ ।

गाउँ सभा कार्यक्रममा सहभागी भएर हिमाली होटलमा राखेको झोला लिन जाँदै गरेको अवस्थामा माधक पदार्थ सेवन गरी जातीय विभेद गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ’सार्वजनिक स्थानमा मलाई अवाञ्छित, अमर्यादित व्यवहार गर्नुको साथै अपराधिक मनसाय राखी ’डिमिनि’ भनि अत्यन्त घृणा गरी अपमानजनक शब्द बोलेर गालीगलौज गरी जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर अपराध गरेको हुँदा म न्यायिक निकाएका पुगेकी हुँ ।’

आरोपितलाई जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्म सजाय र जरिबानाको मागसहित पीडितले साउन २ गते जाहेरी दिएकोे प्रहरी निरिक्षक धर्मराज जोशीले बताउनु भयो ।

अन्य

भिडियो