गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ ।
अध्यक्ष बुढाले आफूमाथि हातपात भएको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा असार ३१ गते उजुरी दिएको बताउनु भयो ।
बजेट निर्माणमा मनपरी गरेको भन्दै उपाध्यक्ष भण्डारीले अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको स्वीकार्नु भयो । उहाँले भन्नुभयो ‘अध्यक्ष नै आफूखुसी मनोमानी काम गर्ने, धेरै काम कुराका विषयमा सरसल्लाह समन्वय गर्न नखोज्ने गर्दै आउनु भएको थियो । यस्तो गर्न थालेको धेरै भयो । असार ३१ गते अन्तिम बजेट बाँडफाड गर्ने समयमा बजेटको सिलिङ माग्दा नदिएपछि घटना घटेको हो ।’
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयाे ।