१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिक–१२ बीगाउँका कैलाश चदारालाई २०८० असार २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान गरी असार २४ गते विवाह गर्नेे प्रलोभनमा पारी धनगढी बोलाएर बलात्कार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले असार २४ गते दिनुभएको उजुरीका आधारमा प्रहरी परिचालन गरेर असार २७ गते धनगढी बसपार्कबाट गिरफ्तार गरी तीन दिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खगेन्द्र साउदले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।